गण्डकीमा एमाले सांसदले दिए बजेटमा आगो लगाउने चेतावनी

काठमाण्डु टुडे २०८१ असार ११ गते १३:४० मा प्रकाशित

काठमाण्डु, ११ असार– आज मंगलबारु बसेको गण्डकी प्रदेश सभा बैठकमा एमालेका सांसद कृष्ण पाठकले बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने चेतावनी दिएका छन ।

मंगलबार प्रदेशसभामा भएको आर्थिक वर्ष ८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले बजेटको वार्षिक विकास कार्यक्रम नसच्याए आगो लगाउने चेतावनी दिएका हुन । सरकारले मनपरी बजेट पारेको भन्दै सांसद पाठकले कार्यक्रम नसच्याए च्यात्नेमात्रै होइन, धुजा धुजा पारेर आगो नै लगाउने घोषणा गरेका हुन ।

‘वार्षिक विकास कार्यक्रम सुधारिएन भने मन्त्रालयगत छलफलमा वार्षिक विकास कार्यक्रम च्यात्नेमात्र होइन, धुजा धुजा पार्ने हो । धुजा धुजामात्र पार्ने होइन, त्यसमा आगो लगाउने हो’, पाठकको चेतावनी थियो । सरकारले वितरणमुखी बजेट ल्याएको पाठकको भनाइ छ ।

बजेटमा स्वार्थैस्वार्थ लुकेको र मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका कर्मचारीको अनुहार छ्वाङै देखिएको पाठकले बताएका छन । यो बजेटमा समावेश विनियोजित विधेयक छलफलै गर्न योग्य नरहेको पाठकको भनाइ छ । उनले भने, ‘हामी कहिलेबाट सुध्रने रु आर्थिक अनुशासन पालना गर्नु नपर्ने रु सत्ता जोगाउन अनेक खेल खेल्नुपर्ने, प्रतिपक्षलाई पेल्नपर्ने रु यो खालको संस्कृतिको कहिले अन्त्य गर्ने ?’ पाठकले प्रश्न गरे ।

अहिले सत्तापक्ष र प्रतिपक्ष दुबैतिर सांसदमाथि विभेद भएको भन्दै पाठकले अगाडि भने, ‘अघाएको सिंहजस्तो सांसद दुबैतिर छन् । भोकाएको मृगजस्तो सांसद त्यता पनि यता पनि छन् । सरकारले धेरै घमण्ड नपालोस् ।

सौराहाको मत्त हात्तीजस्तो भएर अगाडि नबढोस् ।’ पाठकले बजेटमा सांसदबीचमै भेदभावपूर्ण व्यवहार सुधार्न सरकारलाई आग्रह गरे ।

मुख्यमन्त्रीकै सचिवालयका मानिसले १० औं करोड रुपैयाँ बाँडेको पाठकले आरोप लगाए । एउटै निर्वाचन प्रणालीबाट आएका सांसदलाई नै पर्गेल्ने काम भएको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us