बहिनीको हत्या गरेको आरोपमा दाइ पक्राउ

काठमाण्डु टुडे २०८१ असार ११ गते ११:०६ मा प्रकाशित

काठमाण्डु, ११ असार– प्रहरीले रौतहटबाट बहिनीको हत्या गरेको आरोपमा दाइलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीया दाइ दिपेन्द्रकुमार रहेको प्रहरीले जानकारी दिएको छ ।

परोहा नगरपालिका–८ नरकटिया टोल बस्ने २० वर्षीया तेतरीकुमारी रामको हत्या गरेको आरोपमा दिपेन्द्रकुमारलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार बिहान प्रहरीले दिपेन्द्रकुमारलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयकी डिएसपी एलिजा गिरीले जानकारी दिएका छन ।

दिपन्द्रकुमारले घरायसी विवादको कारण आवेगमा आएर बाँसको मुङ्ग्रोले हिर्काएका थिए । त्यसपछि गम्भीर घाइते भएकी तेतरीकुमारीलाई उपचारको लागि वीरगंजस्थित नारायणी अस्पताल लगिएको थियो ।

त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दिपेन्द्रकुमारमाथि ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us