काठमाण्डु, ११ असार– दाङमा चट्याङले लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपापिलका– ४ खाद्रेका १० वर्षीया सुवास विक रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार बेलुकी ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेका रहेका सुवास नजिकै चट्याङ परेको प्रहरीले जानकारी दिएको छ ।
चट्याङको असरले सुवास बेहोस भएका थिए । उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याएलगत्तै साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।