चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असार ११ गते ८:४० मा प्रकाशित

काठमाण्डु, १० असार– कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने रहेको प्रहरीले जानकारी दिएको छ ।

लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us