अबण्डामा धेरै रकम राखिएको छैन: अर्थमन्त्री पुन

काठमाण्डु टुडे २०८१ असार १० गते १८:३२ मा प्रकाशित

काठमाण्डु, १० असार– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष ८१/८२ का लागि अर्थ मन्त्रालयको वार्षिक कार्यक्रमबारे प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमनत्री पुनले यस्तो बताएका हुन । उनले अबण्डामा धेरै रकम नराखिएको पनि बताएका छन ।

सांसदहरुले २ अर्ब सम्म अबण्डामा राखिएको भनेर प्रश्न गरेका थिए । जवाफमा अर्थमन्त्री पुनले अर्थ मन्त्रालयले अबण्डामा ठूलो रकम राखेको भन्ने सांसदहरुका प्रश्नको खण्डन गरेका हुन । अर्थ मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा ४८ अर्ब ६१ करोड मात्र विनियोजन गरिएको पनि उनले बताएका छन ।

उनले वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ १ खर्ब ४८ अर्ब, समपुरक अनुदानतर्फ १३ अर्ब २० करोड र विशेष अनुदान तर्फ १२ अर्ब ९० करोड गरी १ खर्ब ७४ अर्ब बढी रकम प्रदेश र स्थानीय तहमार्फत खर्च हुने रकम भएको जानकारी गराएका छन ।

उनले भने, ‘अर्थ मन्त्रालयले अवण्डामा ठूलो रकम राखेको भन्ने विषयमा अर्थ मन्त्रालयलाई विनियोजन गरिएको जम्मा ४८ अर्ब ६१ करोड मात्र हो ।

बाँकी बजेट वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ १ खर्ब ४८ अर्ब, समपुरक अनुदानतर्फ १३ अर्ब २० करोड र विशेष अनुदानतर्फ १२ अर्ब ९० करोड गरी १ खर्ब ७४ अर्बभन्दा बढी रकम प्रदेश र स्थानीय तहमार्फत खर्च हुने रकम भएको जानकारी सम्मानित संसदमा गराउन चाहन्छु,’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us