बालेनलाई कार्यपालिका सदस्यको प्रश्नः सिंहदरबार जलाउँछु भनिरहँदा महानगर जलाए के हुन्छ ?

काठमाण्डु टुडे २०८१ असार १० गते १८:१४ मा प्रकाशित

काठमाण्डु, १० असार– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्य्र शाह बालेन साहमाथि कार्यपालिका सदस्य अनिता कार्की ढोलीले गम्भीर प्रश्न गरेकी छन ।

उनले भनिन्, ‘ तपाईंले सिंहदरबार जलाउँछु भन्दै गर्दा महानगरपालिकाले दिएको जुन दरबार छ, त्यो दरबार जलाए भने त्यसको अवस्था के हुन सक्छ ?’ ढोलीले मेयर साहलाई प्रश्न गरिन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले महानगरको दरबारमा रजगज गर्दै गर्दा महानगरवासीले तिरेको राजस्वबाट बनेको दरबार भएको पनि बताएकी छन ।

मेयर साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसको खण्डन गर्दै उनले कार्यपालिकामा छलफल नै नगरी नीति तथा कार्यक्रम प्रस्तुत हुनुले अरूको अधिकार हनन भएको पनि बताएकी छन ।

कार्यपालिकामा पर्याप्त छलफल नगरी बलजफ्ती नगरसभामा नीति तथा कार्यक्रम ल्याएको भन्दै तीन जना वडाध्यक्षले ल्याएको साझा संशोधन प्रस्तावमा उनले सहमति व्यक्त गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us