कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ: गगन थापा

काठमाण्डु टुडे २०८१ असार १० गते १७:५५ मा प्रकाशित

काठमाण्डु, १० असार–पूर्व मन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक भएको दाबी गरेका छन ।

आज (सोमबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले भने, ‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ ।

कांग्रेस भित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफू भित्र लागेको दाग सफा हुँदैन ।’

उनले कांग्रेस भित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण कांग्रेस बद्नाम भइरहेको दाबी गरेका छन ।

उनले भने, ‘नेपाली कांग्रेसमा योगदान दिनुभएका पात्रहरुलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक छ । कांग्रेस भित्रको सफाको अंश धेरै छ । तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ ।’

सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको बताए । उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको बताए ।उनले नेपाली कांग्रेसमा योगदान दिएका पात्रहरुलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक रहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us