सर्वोच्चको परमादेश: मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्नू

काठमाण्डु टुडे २०८१ असार १० गते १७:४९ मा प्रकाशित

काठमाण्डु, १० असार– मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरुको तलवमान निर्धारण गर्न सरकारका नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

१६ वैशाख २०७६ मा जारी भएको मर्यादाक्रम अनुसार माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको तलब भत्ता बढी रहेको भन्दै सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले सर्वोच्चमा रिट दार्ता गराएका थिए ।

आज (सोमबार) न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम परमादेश जारी गरेको हो ।

मर्यादाक्रमलाई आधार मानेर तलवमान निर्धारण गर्न आदेश जारी गरीएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले जानकारी दिएका छन । आदेशको लिखित रुप भने तयार भइनसकेको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us