साउनदेखि मुर्राको वीर्य किसानलाई

काठमाण्डु टुडे २०८१ असार १० गते १३:०१ मा प्रकाशित

काठमाण्डु, १० असार– पशु चौपायामा नस्ल सुधारका लागि ल्याइएका मुर्रा राँगाको वीर्य आगामी साउनदेखि किसानलाई वितरण गर्ने गरी तयारी सुरु गरीएको छ ।

आगामी साउनदेखि भारतबाट ल्याइएका मुर्रा राँगा, अमेरिका र कोरियाबाट ल्याइएका साँढे गरी ६ लाख बढी डोज वीर्य किसानलाई उपलब्ध गराइने तयारी गरीएको छ ।

६ लाख ४० हजार डोज वीर्य उत्पादन भएको पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख तथा पशु विकास अधिकृत डा. जगदीश पाण्डेयले जानकारी दिएका छन ।

उनले भने, ‘आजको कलेक्सन हामीले ऐतिहासिक हो । स्थापना कालदेखि सबैभन्दा बढी वीर्य सङ्कलन गरेका छौँ, ‘अझै हामीले दुई पटकसम्म कलेक्सन गर्छौ, साउनदेखि किसानलाई उपलब्ध गराउने छौँ ।’

गत ६ लाख १३ हजार डोज वीर्य सङ्कलन गरिएकोमा यो वर्ष हालसम्म ६ लाख ४० हजार डोज वीर्य सङ्कलन भएको छ । १ डोज वीर्य बापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनु पर्ने उनले जानकारी दिएका छन ।

किसानले सरकारी केन्द्रमा नै गएर चौपायालाई कृत्रिम गर्भाधान गराउँदा २५ रुपैयाँ राजस्व तिर्नु पर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us