काठमाण्डु, ९ असार– झापाको एक ग्यारेजमा आगलागी भएको छ । आज आइतबार बिहान साढे ७ बजे अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कमा पदम बडीले निर्माण गरेको ग्यारेजमा आगलागी भएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।
अचानक विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागी हुँदा ग्यारेज भित्र रहेको गाडीका पाटपुर्जा, ग्यारेजको टहरो पुर्ण रुपमा जली नष्ट भएको छ । त्यस्तै, ९ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागी बिहान ८ बजेतिर नियन्त्रणमा लिएको पनि प्रहरीले जानएको छ ।