काठमाण्डु, ९ असार– स्याङ्जाको वालिङमा बसको ठक्करले घाइते भएका वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा विरुवा गाउँपालिका–६ चिन्नेबासका ८१ वर्षका दुर्गाबहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले थापालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
सोही बसमा यात्रा गरेका थापा ओर्लेर बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र वालिङ लगिएकामा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिएका छन ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।