प्रतिनिधि सभा बैठक जारी

काठमाण्डु टुडे २०८१ असार ९ गते १३:२९ मा प्रकाशित

काठमाण्डु, ९ असार– आज आइतबारको लागी प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

त्यस्तै, विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नमा सबै विषयगत मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायको कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने समेत कार्यसूची रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आजै ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, अर्थमन्त्री पुनले ‘आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुलसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us