सांसदको ब्यंग्य: मेरो क्षेत्रमा योजना नपारिदिने मन्त्रीलाई धन्यवाद!

काठमाण्डु टुडे २०८१ असार ९ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, ९ असार– प्रतिनिधि सभा सदस्य उमरावती देवीले आफ्नो निर्वाचनमा योजना नपारिदिएकामा मन्त्रीलाई धन्यवाद व्यक्त गरेकी छन ।

आज (आइतबार) बसको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले आफ्नो क्षेत्र नेपालमा पर्दैन भनेर पनि प्रश्न गरेकी छन ।

उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, मेरो बारा क्षेत्र नम्बर २ मा एउटा पनि योजना नपारिदिने सबै माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, मेरो बारा जिल्ला नेपालमा होइन ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us