राष्ट्रियसभा बैठक बस्दै

काठमाण्डु टुडे २०८१ असार ९ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, ९ असार– आज आइतबार सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक बस्दै छ । आज बैठक दिउँसो १ः १५ बजे संसद् भवन बानेश्वरमा बस्ने भएको छ ।

बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us