काठमाण्डु, ८ असार– नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाण्डु उपत्यकाको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।
मर्स्याङ्दी काठमाण्डु २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा विद्युत् आवागमन प्रभावित हुने भएको प्रधिकरणले जनाएको छ ।
आज (शनिबार) बिहान १० बजेदेखि ३ बजेसम्म सतुङ्गल, मच्छेगाउँ र फर्पिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो । यी क्षेत्रमा आइतबार पनि फरक फरक समयमा विद्युत् आवागमन प्रभावित हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरीएको छ ।