पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना

काठमाण्डु टुडे २०८१ असार ८ गते १४:५८ मा प्रकाशित

काठमाण्डु, ८ असार– आज शनिबार काठमाण्डुबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटनामा परेको छ । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा परेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइतेमध्ये आबुखैरेनी अस्पतालमा कास्कीका सुनिता गुरुङ, रेशम सुनुवार, संगिता तिवारी, संदिप तिवारीका साथै धादिङका सुरक्षा कडेल रटेकनाथ कडेलको उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us