काठमाण्डु, ७ असार– भक्तपुरमा सुमो गाडीको ठक्कले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ गल्कोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्ती रहेको प्रहरीले जानकारी दिएको छ ।
घर्तीलाई शुक्रबार राति सवा ९ बजे भक्तपुर नगरपालिका–१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिएको प्रहरीले जानाएको छ ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राति नै भक्तपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीले गाडीका चालक काभ्रेको धुलिखेल– ९ का ५४ वर्षीय मधुकर केसीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकाएको छ ।