
काठमाण्डु, ७ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्को बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
आज (शुक्रबार) नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले ९ गतेदेखि अनिवार्य उपस्थित हुन र बजेट निर्णयार्थ पेस गर्दा पार्टीको ह्वीप पालना गर्न निर्देशन दिएको कांगे्रसका सचेतक रमेश लेखकले जानकारी दिएका छन । प्रमुख सचेतक रमेश लेखकले भने, ‘बजेटमा के पोजिसन राख्ने भनेर त्यही बेला निर्णय गर्छौं ।’