लागु औषधसहित २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ असार ८ गते १८:२८ मा प्रकाशित

काठमाण्डु, ७ असार– प्रहरीले झापाबाट लागु औषधसहित २ जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले जिल्लाको किसनजंग कुतवाभिट्टा नयाँ टोल बस्ने ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुबाट ब्राउनसुगर १७ ग्राम २२० मिलिग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेसँगै जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us