गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब ९६ करोडको बजेट

काठमाण्डु टुडे २०८१ असार १ गते १८:३४ मा प्रकाशित

काठमाण्डु, १ असार– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ८१ ८२ का लागि कूल ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट ल्याएको छ ।

आज (शनिबार) साझ बसेको गण्डकी प्रदेश सभाको बैठकमा बजेट सार्वजनिक गर्दै प्रदेश आर्थिक योजना मन्त्री डा.टंकराज गुरुङले कूल ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट विनियोजन भएको जानकारी दिएका छन ।

सोमध्ये चालु खर्चतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ, पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७८ लाख ९३ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको आर्थिक योजना मन्त्रीले जानकारी दिएका छन ।

सोमध्ये खर्च अपुग हुने १ करोड ७६ लाख ११ हजार रुपैयाँ प्रदेश सञ्चित कोषमा व्ययभारमा हुने समेत उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us