सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आयो, खल्तीमा राजीनामा पत्र बोकेर हिंडेका छौंः मन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८१ असार १ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, १ असार– युवा तथा खेलकुदमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आएको बताएका छन ।

आज शनिबार काठमाण्डु राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनले सरकार पुरातन शैली र कर्मकाण्डी हिसाबमै चलेकोले आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको उनले बताएका छन ।

उनले भने, ‘ हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौं । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ ।

हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौं ।’ उनले सरकारमा गएपछि शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा आफूहरुले अनुभव गरिरहेको बताउँदै उनले वर्तमान राजनीतिक परिस्थितिबारे पार्टीभित्र सल्लाह पनि भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us