काठमाण्डु, १ असार– कांग्रेस महामन्त्री गगन थापाले संघ र प्रदेशको सदस्य सङ्ख्या घटाउनुपर्ने बताएका छन । आज शनिबार प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।
उनले प्रदेश खारेज गरौँ भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरूको सङ्ख्या घटाउनुपरर्ने पनि उनले बताएका छन ।
उनले कम खर्चमा संसद् र सरकार चलाउन आवश्यक भएको पनि बताएका छन । उनले भने, ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ । प्रदेश अहिले अदालतले चलाएको छ ।
मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन् । सबै लगेर अदालतमा बुझाएका छन् । अब कसैलाई दोष दिए हुँदैन । प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौँ रु संशोधन गरौँ । त्यो गर्न एमालेसँग सल्लाह गरौँ ।’