काठमाण्डु, १ असार– जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु अवस्थामा फेला परेका छन । सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु अवस्थामा फेलापरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्याएको थियो ।
चिकित्सकले दुवै जनालाई ९ः २७ मा मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहररू नवविवाहित जोडी हुन ।
मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको पनि प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।