सिंहदरबार छिर्न अब कसैलाई चिन्नुपर्दैन: गृहमन्त्री लामिछाने

काठमाण्डु टुडे २०८१ असार १ गते १९:०० मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति समेत रहेका रवि लामिछानेले सिंहदरबार प्रवेशमा अब कसैलाई चिन्नु नपर्ने बताएका छन ।

मन्त्रालय सम्हालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन । उनले भने, ‘सिंहदरबार पहुँचवालाको लागि मात्र प्रवेश पाउने निकाय थियो तर, अब त्यो अवस्था अन्त्य भएको छ ।’

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको छ ।

सिंहदरबार प्रवेश गर्नुपर्ने काम र आफ्नो परिचयपत्र भएपछि कसैलाई चिन्नु नपर्ने गुहमन्त्री लामिछानेले यस्तो बताएका हुन ।

उनले भने, ‘आफ्नो मान्छे भएकाले मात्र प्रवेश पाउने व्यवस्था अन्त्य गर्न खोजेका हौँ, हर नागरिकका लागि सिंहदरबार खुला छ ।’ सिंहदरबार छिर्न पहुँचवालाको सिफारिस नचाहिने पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us