पानी माग्दै बानेश्वरमा मधेशवासीको प्रदर्शन

काठमाण्डु टुडे २०८१ जेठ ३२ गते १६:४० मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– काठमाण्डुको बानेश्वरको बीत सडकमा तराई–मधेशमा पानी माग्दै रित्ता भाँडासहित मधेशवासीहरूले शुक्रबार पनि प्रदर्शन गरेका छन् ।

चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्‍म उनीहरूले प्रदर्शन गरेका हुन् । बानेश्वर चोक नजिकै प्रहरीले उनीहरूलाई रोकेको थियो ।

प्रहरीले संसद भवनतर्फ जान नदिएपछि प्रदर्शनकारीले नयाँ बानेश्वरकै सडकमा बसेर खाली भाडा बजाउँदै नाराबाजी गरेका छन् ।

साथै उनीहरूले दलका नेताहरूलाई पटक–पटक आग्रह गर्दा पानीको समस्या नसुनेको भन्‍दै विभिन्न दलका शीर्ष नेताहरूको फोटो देखाउँदै ‘लापता, तपाई कहाँ ?, हामी यहाँ !’ प्रदर्शन गरेका छन् । आँखा खोल सरकार, चुरे बेच्न पाइँदैन, चुरे ऐन लागु गर, पानी दे सरकारलगायत नारा लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us