बोर्डको क्यालेन्डरः ६ चैतदेखि एसईई सुरु

काठमाण्डु टुडे २०८१ जेठ ३२ गते १६:३६ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामीक शिक्षा परीक्षा (एसईई) ६ चैतदेखि सुरु हुने बताएको छ । परीक्षा बोर्डले सार्वजनिक गर्ने तयारी गरेको ८१/८२ को क्यालेन्डरअनुसार २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको जानकारी दिएको छ ।

क्यालेन्डर निकाल्दा विद्यालय, शिक्षक, विद्यार्थीलाई अध्ययनरअध्यापन, तयारी गर्न सहज हुने भएकाले समय तोकेर क्यालेन्डर सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जानकारी दिएको छ ।

बोर्डले परीक्षा सुरु हुने मिति तोक्नुको साथै तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्मा भन्छन् ‘अहिले नै परीक्षा यति गतेदेखि सुरु गर्ने भनेपछि पठनपाठन गर्न, परीक्षाको तयारी गर्न सबैलाई सहज हुन्छ ।’

बोर्डले नयाँ क्यालेन्डर आइतबार सार्वजनिक गर्ने तयारी गरेको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us