जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई उत्साहित बनायो: उपाध्यक्ष पौडेल

काठमाण्डु टुडे २०८१ जेठ ३२ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई थप उत्साहित बनाएको दाबी गरेका छन ।

आज (शुक्रबार) एमाले रुपन्देहीको अधिवेशनबाट निर्वाचित कमिटीको पदभार कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन ।

उनले अधिवेशनले पार्टीको जीवनमा नयाँ जोस सञ्चार गरेकाले एकताबद्ध र सशक्त पार्टी निर्माण भएको पनि बताएका छन । उनले एकआपसमा दोषारोपण गरेर नभई हरेकले गुणलाई आत्मसात् गरेर पार्टी कमिटीलाई चलायमान बनाउन पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन ।

उनले विकास र राजनीतिलाई जोडेर अगाडि बढाउनुपर्ने पनि बताएका छन । यस्तै पोलिटब्युरो सदस्य लीला गिरिले एमालेका नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने बताए । उनले पार्टीका नेता र एमालेबाट निर्वाचित जनप्रतिनिधिबिच तालमेल हुनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us