फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही

काठमाण्डु टुडे २०८१ जेठ ३२ गते १५:३५ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका हुन ।

आज (शुक्रबार) बस्ने प्रदेश सभाको दोस्रो बैठकमा सभामुखले कारबाही गरेको जानकारी दिने तयारी रहेको छ । त्यसो भएमा सांसद देवकोटा पदमुक्त हुनेछन् ।

नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ असारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा ऊर्जामन्त्री समेत भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us