गण्डकीका प्रदेशसभा सदस्य देवकोटा कारबाहीमा पर्दै

काठमाण्डु टुडे २०८१ जेठ ३२ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका नेसपा नेता तथा माओवादीका सांसद फणीन्द्र देवकोटा आजै निलम्बित हुने सम्भावना रहेको छ ।

शुक्रबार ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक यही विषयमा छलफल चलिरहेका कारण सुरु हुन ढिलाई एक सांसदले जानकारी दिएका छन ।

उनको निलम्बन वा कारबाहीको पत्र सभामुखको रिडिङ पेपरमा भने नभएको संसद सचिवालयका एक कर्मचारीले जानकारी दिएका छन ।

यद्यपी माओवादीले चाहिँ देवकोटाको आजै कारबाही हुने र संसद सचिवालयमा जानकारी पुगिसकेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us