प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

काठमाण्डु टुडे २०८१ जेठ ३२ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– प्रमुख प्रतिपक्षी कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो माग गरेका हुन । उनले मन्त्री विदेश जाँदा समेत सदनलाई जानकारी गराउनुपर्ने संसदीय परम्परा रहेको पनि बताएका छन । प्रधानमन्त्री प्रचण्डले पाँच दिन अघि भारत भ्रमण गरेका थिए ।

उक्त भ्रमणबारे आगामी बैठकमा जानकारी गराइनुपर्ने प्रमुख सचेतक लेखकले बताएका छन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले यही संसदलाई बिर्सनुभयो कि १ प्रधानमन्त्री कुनै पनि भ्रमणमा जाँदा जानु अगाडि जानकारी गराउने परम्परा छ ।

एक हप्ता पहिले जानुभएको हो । फर्किएर आएको पनि पाँच दिन भयो । हामी कुरेर बसेका थियौं, प्रधानमन्त्रीले जानकारी गराउनु भएन’ । साथै, राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणका बारेमा समेत सरकारले जानकारी गराउनुपर्ने कांग्रेसको माग रहेको छ ।

‘प्रधानमन्त्री यो सदनको नेता हो । हामीले उहाँ भ्रमणमा गएको पत्रिका पढेर थाहा पाउनुपर्ने रु यो दुर्भाग्य हो कि सौभाग्य हो । राष्ट्रपति बाहिर जानुभएको छ ।

यो पनि हामीले पत्रिका पढेरै थाहा पाउनुपर्ने हो ?’ उनले प्रश्न गरे । प्रधानमन्त्री राष्ट्रपतिको विदेश भ्रमणका सम्बन्धमा सभामुख देवराज घिमिरेले रुलिङ गर्नुपर्ने समेत कांग्रेसका प्रमुख सचेतक लेखकले माग गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us