चितवन, ३२ जेठ- पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खसेको छ ।
नेपालगञ्जबाट काठमाण्डू जाँदै गरेको भे१ख ४०६२ नम्बरको बस विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठोक्किएर सडकबाट ५० मिटर तल त्रिशूलीमा खसेको चितवन प्रहरीका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा १२ यात्रु घाइते भएका छन् । घाइते सबैलाई उद्धार गरी भरतपुर लगिएको छ । बसमा सवार ३५ यात्रुमध्ये अरु सकुशल छन् । दुर्घटनामा कार चालक घाइते भएका छन् ।