लुगा धुनेक्रममा करेन्ट लागेर एकको मृत्यु, एकजना घाइते

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते १८:५२ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– मोरङमा लुगा धुनेक्रममा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छन ।

मृत्यु हुनेमा ४५ वर्षीय रेवतीदेवी सरवरिया रहेको प्रहरीले जानकारी दिएको छ । जहदा गाउँपालिका–१ झैलाचोकमा बिहीबार मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा सरवरियाको मृत्यु भएको प्रहरीले जनाएको छ । २५ वर्षीया चन्द्रिका सरवरिया घाइते छन् ।

उनीहरू सासु–बुहारी हुन । करेन्ट लागेर गम्भीर घाइते भएकी रेवतीदेवीको उपचारका लागि विराटनगरको मकालु अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यहाँ पुर्‍याए लगत्तै अस्पतालले उनलाई मृत घोषित गरेको थियो । चन्द्रिकाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us