काठमाण्डु, ३१ जेठ– एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा राजन भूर्तेल विजयी भएका छन । भूर्तेल ३८० मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।
अध्यक्षका अर्का प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल विजयी भएका हुन् । जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र सूर्यमाया दनुवार निर्वाचित भएका छन् ।
मतदानमा ६७९ जना सहभागी रहेका थिए । धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए।