काठमाण्डु, ३१ जेठ– पूर्व मन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताएका छन ।
उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रति उत्तरदायी नहुँदा समस्या आएको पनि बताएका छन ।
आज (बिहिबार) नेपाली कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन । उनले पार्टी विधानमै निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबिच महिनामा एक पटक बैठक बस्ने र पार्टी र जनताको निर्देशनअनुसार जनप्रतिनिधि प्रस्तुत हुने पनि बताएका छन ।
उनले भने, ‘जनप्रतिनिधि पार्टीपङ्ति र जनताप्रति उत्तरदायी हुन जरुरी छ ।’ उनले प्रतिकुल अवस्थामा कांग्रेसलाई बचाएर राखेका पार्टी कार्यकर्तालाई लेखिने गरेर जिम्मेवारी तहमा रहेकाहरू सुध्रिन जरुरी रहेको पनि बताएका छन । उनले थपे, ‘जस्तोसुकै प्रतिकूलताको बिचमा पनि जमिनमा बसेर कांग्रेसलाई बचाएर राखेका पार्टीका सदस्यहरू जुनसुकै तहको नेतृत्वमा रहेकाहरू सुध्रिएको देख्न चाहन्छन्, उनले भने, ञनेतृत्वमा आएको रूपान्तरण देखिने गरि सुधारको अभियान कांग्रेसले खोजेको छ ।’
उपसभापति खड्काले मुलुकमा अहिले अप्ठ्यारो परिस्थिति सृजना हुन थालेको बताउँदै त्यो परिस्थितिबाट देशलाई निकास दिन कांग्रेस अगाडि बढ्न आवश्यक रहेको बताएका छन । उनले देशको विकास र समृद्धिका लागि फेरि कांग्रेसको नेतृत्व आवश्यक रहेको पनि बताएका छन ।
उपसभापति खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत दस्ताबेजहरूमा महासमिति सदस्यहरूले दिएका सुझावहरूलाई दस्ताबेजीकरण गर्ने तयारी भइरहेको बताउँदै चाँडै बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने बताएका छन ।
उनले भने, ‘उपसभापति, महामन्त्रीलगायतले महासमिति बैठकमा प्रस्तुत गरेका दस्ताबेजमा आएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय समिति बैठकले पारित गर्छ,झ उपसभापति खड्काले भने, ञत्यसपछि अहिले देखिएको पार्टीको नीति, विधि, परराष्ट्र नीति, आर्थिक नीतिलगायत मुलुकको समसामयिक राजनीति विषयमा पार्टीको नीति स्पष्ट हुन्छ ।’
उपसभापति खड्काले कांग्रेस मिसन–२०८४ तर्फ केन्द्रित नरहेको बताए । उनले कांग्रेस अहिले मिसन २०८१ मै रहेको बताएका छन । उनले भने, ‘देशको समृद्धि र विकास कांग्रेसको मूल मिसन हो, त्यहीँ भएर २०८१, २०८२ र २०८३ मा देश विकासका लागि के गर्ने, पार्टीलाई आम जनतासम्म कसरी पुर्याउने भन्नेमा हामी छौँ, उनले भने, ञयति गरेपछि २०८४ मा कांग्रेस एक्लै चुनाव लडेर तीनै तहमा बहुमत ल्याउँछ ।’