राष्ट्रिय सहमतिमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ: परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते १६:२० मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताएका छन ।

आज (बिहीबार) काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन । शान्ति प्रक्रियाका दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको बताएका छन ।

उनले भने, ‘अब संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ । राष्ट्रिय सहमतिका साथ त्यसलाई पनि तत्काल पूरा गर्नुपर्छ ।’

मन्त्री श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका काम सकेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए । उनले भने, ‘शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापना गर्नुपर्ने आजको आवश्यकता हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us