सरकारले रुग्ण उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्छ: कांग्रेस सांसद बडू

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूल रुग्न उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

उनले आफूले उद्योग मन्त्रालयको नेतृत्व लिएको बेला रुग्ण उद्योग सञ्चालनका लागि तयार पारिएको प्रस्ताव अर्थ मन्त्रालयको निजीकरण समितिमा पुर्‍याएको उल्लेख गर्दै यस्तो बताएका हुन ।

उनले त्यसैलाई आधार बनाएर सरकारले विराटनगर जुटमिल, जनकपुर चुरोट कारखानालगायतका रुग्न उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास गर्नुपर्ने आवश्यक रहेको पनि बताएका छन ।

आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद बडूले यस्तो बताएका हुन ।

उनले रुग्ण उद्योगहरूको तथ्याङ्क सङ्कलनका लागि छुट्टै पुस्तिका तयार पारी सार्वजनिक गर्ने काम आवश्यक नभएकाले सरकारले त्यस्तो काममा बजेट खर्च गर्न नहुने पनि बताएका छन ।

उनले रुग्ण उद्योग सञ्चालनका लागि छुट्टै कार्यक्रम नल्याएको भन्दै सरकारप्रति आक्रोश पनि पेखेका छन । सांसद बडूले रुग्न उद्योग सञ्चालनका लागि आफूले सो मन्त्रालयको नेतृत्व लिएको बेला तयार पारेको सञ्चालन प्रस्तावलाई सरकारले पुँजीको रूपमा लिएर अघि बढाउन सक्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us