सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सचेतक बराल

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन सरकारसँग माग गरेकी छन् ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक बरालले यस्तो माग गरेकी हुन । उनले नागरिकहरू आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले ओपिडी काउन्टर बढाएर भएपनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन पनि माग गरेकी छन । एमाले सचेतक बरालले बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरेकी छन ।

उनले स्वास्थ्य बिमा गरेका नागरिकहरूले अर्को दर्जाको नागरिकमा दर्ता हुनु जस्तो गरेर व्यवहार गरिने भन्दै सो व्यवहार अन्त्य गर्न आग्रह गरिन् । उनले संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढङ्गले सहज र सरलीकरण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us