काठमाण्डु, ३० जेठ– प्रहरीले हाइपर फण्ड (नाम परिवर्तन भएर हाल हाइपर भर्स) काममा ठगी गरेको आरोपमा थप एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ घर भएका कृष्णकान्त भण्डारी रहेका छन् । उनलाई आज बुधबार पक्राउ गरीएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले भण्डारीलाई पक्राउ गरिएको पुष्टि गरेका छन ।
भण्डारी पक्राउ परेसँगै हाइपर भर्सका नाममा भएको ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या २ पुगेको पुगेको पनि उनले जानकारी दिएका छन ।
यसअघि २० वैशाखमा ललितपुरकी काजल भनिने नानु घिमिरे पक्राउ गरेकी थिइन् । हाइपर भर्सका नाममा नेटवर्किङ खडा गरेर ४० करोसम्म ठगी गरेको पाइएको सीआईबीले जानकारी दिएको छ । हाइपर भर्स क्रिप्टोकरेन्सीजस्तै अनलाइन बिजनेस हो ।
यसमा लगानी गर्न सुरुमा एप डाउनलोड गरेर अकाउन्ट खोलिन्छ । अकाउन्ट खोलेपछि कम्तीमा ३ सय अमेरिकी डलर (४० हजार नेपाली) बाट लागनी सुरु हुन्छ । लगानी गरेपछि तेब्बरसम्म आम्दानी हुने आश्वासन देखाएर ठगी गर्ने गरिएको एसपी बोगटीले जानकारी दिएका छन ।