बाबुरामलाई रविको सुझाव: तपाईं पढाउनतिर लाग्नुस्

काठमाण्डु टुडे २०८१ जेठ ३० गते १७:०३ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई पढाउनतिर लाग्न सुझाव दिएका छन् ।

उनले रास्वपाले नेता उत्पादन गर्न लिडरसिप एकेडेमी सुरु गर्ने अवधारणा बनाएको भन्दै लामिछानेले त्यसमा पढाउन भट्टराईलाई प्रस्ताव गरेका हुन ।

आज बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले आफूले गरेको प्रस्ताव भट्टराईले अस्वीकार गरेको पनि बताएका छन ।

उनले भने, ‘बरु पढाउनेतिर लाग्नुपर्‍यो, तपाईंले जेनेरेसनलाई आफूले जानेको सिकाउनतिर लाग्नुस् त्यहाँ चाहिँ राम्रो हुन्थ्यो कि भनेको थिएँ’, लामिछानेले भने, ‘डा. साबलाई के मन पथ्र्यो र राजनीतिक किरा भएको मान्छेलाई राजनीति भन्दा पर जाउ भनेको के मन पथ्र्यो र ?’ उनले भट्टराईको राजनीतिक निरन्तरताको प्रशंसा गर्दै त्यसलाई कायम राख्न सुझाव दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us