विपन्न नागरिक अस्पताल खोल्ने माओवादी केन्द्रका सांसदको प्रस्ताव

काठमाण्डु टुडे २०८१ जेठ ३० गते १४:०१ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विपन्न नागरिक अस्पताल खोल्ने सरकारसँग माग गरेका छन ।

आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले गरिब नागरिकको अस्पतालमा पहुँच नरहेको बताएका छन ।

उनले सरकारी अस्पतालमा समेत पहुँचवालाकै पहुँच रहेको उल्लेख गर्दै उनले गरिबहरुको मात्रै उपचार गर्ने गरी छुट्टै अस्पताल खोल्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘विपन्न नागरिकहरुलाई गरिबी परिचयपत्र वितरण गर्ने र उनीहरुका लागि निशुल्क उपचार गर्नका लागि विपन्न नागरिक अस्पताल खोल्ने र विपन्न नागरिकलाई मात्रै त्यो अस्पतालमा उपचार गर्ने व्यवथाका गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us