एमाले सांसद पन्तको प्रश्न: सरकारको नुन खाएर विदेशी नागरिकता र पीआर लिने को–को हुन् ?

काठमाण्डु टुडे २०८१ जेठ ३० गते १२:१८ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– एमाले सांसद रघुजी पन्तले दोहोरो नागरिकता र विदेशी पीआर भएका कर्मचारी र ब्युरोक्र्याट्सहरुको छानबिनका लागि अख्तियारले लेखेको पत्रले बाटो बिराएको भन्दै त्यस्ता कर्मचारी र ब्युरोक्र्याट्सहरु को–को हुन् भनेर सरकारले संसद्लाई जानकारी दिनुपर्ने बताएका छन ।

आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद पन्तले यस्तो बताएका हुन । नेता पन्तले अख्तियारले लेखेको पत्र केही समय हराएको र अहिले भेटिएको भन्ने समाचार आएको भन्दै नेपाल सरकारको नुन खाएर विदेशी नागरिकता लिने को–को हुन् भनेर चिन्न पाउनुपर्ने पनि बताएका छन ।

उनले भने, ‘पीआर भएका कर्मचारी ब्युरोक्र्याट्सहरुको दोहोरो नागरिकता छ छैन रु छानबिन गर्न भनेर अख्तियारले लेखेको चिठीले प्रधानमन्त्री कार्यालयमा बाटो बिरायो रे ।

बल्लबल्ल त्यो फेला त परेको छ रे । फेला परेर पनि कारबाहीका लागि लेखिएको भनेर समाचारहरूमा पढ्न पाइएको छ’, पन्तले भने, ‘नेपाल सरकारको नुन खाँदा खाँदै विदेशी नागरिकता पनि लिन रहर लाग्ने महानुभावहरू को–को रहेछन् रु त्यो हामीले चिन्न पाउनुपर्‍यो ।’

उनले अख्तियारको कारबाहीमा सम्बन्धित प्रशासनले छिटो कारबाही गरेर त्यसको जानकारी संसद्लाई दिन माग समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us