भन्सार बिन्दुमा रोकिए एलपी ग्यास बोकेका सयौँ बुलेट

काठमाण्डु टुडे २०८१ जेठ २९ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– बजेटले लिएको कर नीतिका कारण खाना पकाउने एलपी ग्यास ढुवानी प्रभावित बन्ने खतरा बडेको छ । बजेटमार्फत सरकारले खाना पकाउने एलपी ग्यास ढुवानी गर्ने प्रति बुलेट १५ सय कर लगाएको थियो ।

यही नीतिका कारण आइतबारदेखि भन्सार बिन्दुमा एलपी ग्यास बोकेका सयौँ भारतीय सवारी (बुलेट) रोकिएका छन् ।जसकारण, आन्तरिक बजारमा ग्यास आपूर्तिको शृङ्खला नै प्रभावित बन्ने जोखिम बढेको छ ।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ बजे घोषणा गरेको बजेटमार्फत ग्यास ढुवानी गर्ने सवारी नेपाल छिर्दा प्रत्येक पटक १ हजार ५०० रुपैयाँका दरले कर तिर्नुपर्ने व्यवस्था गरेका थिए ।

सो व्यवस्थाअनुसार भारतीय सवारीले स्वयं कर बुझाउँदै आएका थिए । तर आइतबारदेखि भन्सार कार्यालयले प्रज्ञापनत्रपमा नै यो करलाई समावेश गरेपछि आयात प्रक्रिया रोकिएको हो ।

नेपाल आयल निगमले समेत ग्यास बोकेका बुलेट भन्सार बिन्दुमा रोकिएको स्वीकार गरेको छ । निगमका प्रबन्ध निर्देशक चण्डिका भट्टले आइतबारदेखि रोकिएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us