ललितपुरबाट चोरीको आरोपमा ५ जना पक्राउ

काठमाण्डु टुडे २०८१ जेठ २९ गते १६:४२ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– प्रहरीले ललितपुरबाट चोरीको आरोपमा ५ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुम्बा गाउँपालिका–४ का ३० वर्षीय सीताराम लकान्द्रे, नुवाकोटको सामारी गाउँपालिका–७ का ४० वर्षीय कुमार राना मगर, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३७ वर्षीय सुजन कुमार सुनुवार, दोलखाको शैलुङ गाउँपालिका–८ का ४१ वर्षीय बीरबहादुर श्रेष्ठ र सोही ठाउँका ४२ वर्षीय सुनिल श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले ललितपुर महानगरपालिका–१८ ढुंगेधारास्थित सिर्जना वैद्यको घरमा २ जेठमा चोरी गरेको आरोप रहेको छ ।

उक्त घरबाट सुनचाँदीका गरगहना र नगद चोरी गरेको बताइएको थियो । प्रहरीले उनीहरुबाट ७५ ग्राम सुनको मुन्द्रा, विभिन्न आकारको ६ तोला ७० लालको सुन बरामद गरेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us