रासायनिक मलको बजेट अपर्याप्त छ: जनमत सांसद खान

काठमाण्डु टुडे २०८१ जेठ २९ गते १५:२३ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– जनमत पार्टी सांसद अब्दुल खानले कृषि मन्त्रालयले छुट्याएको बजेटमा रासायनिक मलका लागि रकम अपर्याप्त भएको दाबी गरेका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलमा उनले यस्तो बताएका हुन । उनले आगामी आर्थिक वर्ष ०८१ ८२ का लागि मलखाद, किटनाशकका लागि छुट्याएको बजेटले नपुग्ने पनि बताएका छन ।

उनले कृषिमा जति राम्रो काम गरे पनि किसानले समयमै मल बिउ पाउन नसकेपछि त्यसको अर्थ नहुने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us