७१ जिल्लामा फैलियो डेंगु

काठमाण्डु टुडे २०८१ जेठ २९ गते १४:२२ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– देशभरका ७७ मध्य ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । देशभरका ७१ जिल्लामा डेंगु फैलिएको इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जानकारी दिएको छ ।

ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको छ । मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाले जानकारी दिएको छ ।

मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ । नेपालमा बाह्रैमास डेंगु सङ्क्रमण देखिएको सरकारी तथ्याङ्क उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us