
काठमाण्डु, २९ जेठ– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं नेकपा माआवादी केन्द्रका सांसद देबेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन् ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व मन्त्री पौडेलले यस्तो बताएका हुन ।
उनले उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अपmठ्यारामा परेका सामूदायिक क्याम्पसहरुलाई मर्ज गरेर अगाडि बढाईयो भने उच्च शिक्षालाई सुधार्न सकिने धारणा व्यक्त गरेका हुन ।
उनले प्राविधिक शिक्षालाई श्रम र उत्पादनसँग जोडेर अघि बढाउने काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिए । सांसद पौडेलले श्रम र सीपविनाको शिक्षाबाट देशले प्रगति गर्न नसक्ने उल्लेख गर्दै यस कुरामा ध्यान दिएर शैक्षिक क्षेत्रको विकासमा लाग्न पनि सरकारलाई सचेत गराएका छन ।