काठमाण्डु, २९ जेठ– कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले कृषि र शिक्षा क्षेत्रको विकास विना देश अगाडि बढ्न नसक्ने बताएका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी बजेटमाथि धारणा राख्दै सांसद भण्डारीले मल, बिउ, सिँचाइ नदिई कृषि क्षेत्र बन्छ ? भन्दै प्रश्न गरे ।
उनले भने–‘हामी मल, बिउ कहिले दिने, त्यो नदिईकन किसान बन्छन् ? किसानले खेती गर्ने बेला भयो सधैँ बाँदर आउँछन् । अनुदान खाने बाँदर आउँछन्, बाली खाइदिने बाँदर आइदिन्छन् । बेच्ने बेला भन्सार खोलिदिने बाँदर आउँछ । कृषि क्षेत्रलाई बाँदरबाट मुक्त गर्न परेन ।
मान्छे बाँदरजस्तो भएपछि कृषि क्षेत्र कसरी माथि उठ्छ रु यो कुरालाई पनि हामीले ख्याल गर्नुपर्यो ।’ उनले शिक्षा बिना कुनै देश नबन्ने उल्लेख गर्दै शिक्षक सेवा आयोगको परीक्षामा १ नम्बरमा उत्तीर्ण हुनेलाई हेडमास्टर बनाउन आग्रह गरेका छन ।
परीक्षा दिएको १८ महिनासम्म रिजल्ट नहुने, पढाई सकिएको १८ महिनासम्म परीक्षा नहुने यस्तो तरिकाले मुलुक नबन्ने बताएका छन ।
यस्तै उनले आफू जलनमा परेपछि सजिवनको तेल लगाउन थालेको बताउँदै वर्षौँदेखि परीक्षण भएर आएका प्राकृतिक स्रोतहरुको उपयोग हुन नसकेको बताएका छन ।