भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाण्डु टुडे २०८१ जेठ २९ गते १२:४२ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

प्रचण्डले प्रधानमन्त्री मोदीलाई आफ्नो पहिलो भ्रमण नेपालबाट सुरु गर्न आग्रह गरेका हुन् । सो आग्रहमा प्रधानमन्त्री मोदीले आफूलाई पनि नेपाल जाने इच्छा रहेको बताएका थिए ।

तर, इटालीमा १३ जुनमा हुन गइरहेको जी ७ को बैठकमा जानु परेकाले त्यहाँबाट फर्केपछि नेपाल आउनेबारे सोच्ने बताएका थिए । प्रचण्डले सोमबार विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीमा पनि यो विषय खुलाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘शपथ ग्रहणपछिको पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्नुपर्‍यो भनेको छु, उहाँले स्विकार्नु भएको छ ।

म त पहिला नेपाल जान चाहेको हो तर अहिले जी ७ को बैठक इटालीमा भएको हुनाले १३ जुनमा त्यहाँ जाने र त्यहाँबाट फर्केपछि आउने सोच्छु भन्नुभएको छ, मलाई लाग्छ उहाँ छिट्टै नेपाल आउनु हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us