दिल्लीबाट फर्किए प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ जेठ २८ गते १९:२७ मा प्रकाशित

काठमाण्डु, २८ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण सकाएर स्वदेश फर्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर उनी सोमबार स्वदेश फर्किएका हुन् । उनी स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्सालसहित आइतबार दिल्ली उडेका थिए । भारतमा रहँदा प्रचण्डले राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, नवनियुक्त संघीयमन्त्री जय शंकर र उद्योगी व्यवसायीलगायतसंग भेटेका थिए ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभालअध्यक्ष नारायण दाहाल, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा अंगका प्रमुख लगायतले स्वागत गरे । मन्त्रिपरिषद्का सदस्यहरू लगायतले स्वागत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us