काठमाण्डु, २८ जेठ– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिँदा फ्लोर क्रस हुन पुगेको छ ।
गत निर्वाचनमा नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् ।
देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरे । फ्लोर क्रस गर्नु संसदीय विकृति भएको भन्दै एमाले सांसदहरूले त्यसको विरोध जनाएका हुन । गण्डकी प्रदेशमा अहिले मतदान जारी रहेको छ ।